Odapalika - The Fourth Estate - चौथो अंग

वडापालिका डट कम सार्वजनिक भइसकेको छ । अब यो  तपाईंको हो । 

देश अहिले संघीय संरचनामा छ । नेपालको अहिलेको संरचना अनुसार वडा कार्यालयहरु सार्वजजिनक सेवा प्रवाहको आधार विन्दु हुन भने नीति निर्माणको उच्चतम विन्दु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन् । 

वडापालिकाले सार्वजनिक सेवा प्रवाहको आधार विन्दुदेखि नीति निर्माणको उच्चतम विन्दुसम्म ‘वाचडगिङ’ गर्नेछ ।

समाचार र समाचारमूलक सामग्री हाम्रा प्राथमिकता त हुन नै सँगै जनजीविकाका पक्षमा पनि वकालत गर्नेछौं । योबाहेक हाम्रो खास भन्नु छैन । यो प्लेटफर्म सार्वजनिक चासोसँगै लोकतन्त्र, मानवअधिकार र विधिको शासनका पक्षमा छ । वडापालिकाका सामग्रीमाथि निर्मम समीक्षा गर्ने, सुझाव दिनेलगायतको जिम्मा अब तपाईंको हातमा सुम्पिएका छौं ।

प्रतिक्रिया दिनुहोस्
Weather Update