भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग के भने प्रधानमन्त्री शाहले ?
सोमबार, भदौ २९, २०८३
प्रधानमन्त्रीसँग छलफल सकेर निस्कदा सिंहदरबार गेटबार्टै पक्राउ परे किस्पाङ गाउँपालिकाका अध्यक्ष
सोमबार, भदौ २९, २०८३
प्रहरीले सिंहदरबारको गेटबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई पक्राउ गरेको छ ।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
आइतबार, भदौ २८, २०८३
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
जनकपुरमा ‘९ दलीय अग्रगामी मोर्चा’को भेला, कसले के भने ?
शनिबार, भदौ २७, २०८३
जनकपुरमा ‘९ दलीय अग्रगामी मोर्चा’ले मधेश प्रदेशस्तरीय भेला तथा अभिमुखीकरण गरेको छ ।
प्रधानमन्त्रीले लिए ग्यास उद्योगीलाई ‘पाता कस्नु पर्छ’ भन्ने मन्त्री यादवको राजीनामा
बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको राजीनामा लिएका छन् । यादवले प्रधानमन्त्री शाहलाई राजीनामा बुझाएकी हुन् ।
नुवाकोटमा एक्रोब्रिज तयार, भोलिबाट सञ्चालनमा आउने
बिहीबार, भदौ २५, २०८३
बाढीका कारण क्षतिग्रस्त पुलका कारण आवागमनमा सास्ती खेपिरहेका स्थानीयवासीलाई राहत मिल्नेगरी नुवाकोटमा एक्रोब्रिज जडान सम्पन्न भएको छ । गृहमन्त्री सुदन गुरुङको सचिवालयका अनुसार नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको र शुक्रबारदेखि सञ्चालनमा आउनेछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?
बिहीबार, भदौ २५, २०८३
बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संसदको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
बुधबार, भदौ २४, २०८३
संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएको छ । संसद सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक सिंहदरबारमा बस्नेछ ।
कांग्रेसले भन्यो– जेन–जीको बलिदानको सम्मान गरौँ, आयोगको सिफारिस कार्यान्वयन गरौँ
मंगलबार, भदौ २३, २०८३
नेपाली कांग्रेसले जेनजीको बलिदानको सम्मान गर्न र राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न माग गरेको छ ।
जेन–जी शहीदको सम्झनामा आज सार्वजनिक बिदा
मंगलबार, भदौ २३, २०८३
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको स्मरणमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
तत्कालीन सरकारले दर्ता नभएका सामाजिक बन्द गर्ने निर्णय गरेपछि जेनजी युवाहरुले काठमाडौंसहित देशैभर गत वर्षको भदौं २३ गते प्रदर्शन गरेका थिए ।
बाढी पीडितको पुनर्स्थापनाका लागि स्थानीय जनप्रतिनिधिसँग मन्त्री रावलद्वारा छलफल
शुक्रबार, भदौ १९, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावित स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिकाका प्रभावितहरूको अवस्था बुझ्न, अस्थायी र स्थायी पुनःस्थापनाका विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग प्रत्यक्ष छलफल गरेकी छन्।
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्वोधनको पूर्णपाठ
बुधबार, भदौ १७, २०८३
सम्वोधनको क्रममा उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसले पुर्याएको क्षति, राहत र उृद्धार जस्ता विषयमा संसदलाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस गर्ने
बुधबार, भदौ १७, २०८३
भोटेकोशी नदीमा आएको बाढीकै बीच भदौ १० गते बसेर अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बैठक एक सातापछि बस्न लागेको हो । सिंहदरबारमा दिउँसो १ बजेपछि बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।


