रास्वपा सभापति रवि लामिछाने तीन दिने तीर्थाटनका लागि भारत जाने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । 

सभापति लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ । लामिछाने आज भारत प्रस्थान गर्न लागेका हुन् । 

उनको सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार भ्रमणका क्रममा लामिछानेले धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ ।

तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update