किसानको उत्पादन ढुवानीका लागि पक्की पुल निर्माण गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता
आइतबार, कात्तिक १५, २०८३
विराटनगरको जितमा रसेलको अलराउण्ड प्रदर्शन
आइतबार, कात्तिक १५, २०८३
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले पहिलो जित हात पारेको छ । एनपीएल अन्तर्गत शनिबार राति भएको ५ ओभरको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले हराएको हो ।
आजको मौसम : अर्नबको प्रभाव कम हुँदै, न्युन चापीय प्रणालीको आंशिक प्रभाव
आइतबार, कात्तिक १५, २०८३
हाल पश्चिम नेपाल नजिक रहेको न्युन चापीय क्षेत्र अर्थात् अर्नब चक्रबातको प्रभाव कम हुदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।
पहिरोका कारण देशका केही राजमार्गको यातायात अवरुद्ध
शनिबार, कात्तिक १४, २०८३
लगातारको वर्षासँगै खसेको पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेका छन् । पहिरो खसेसँगै रोशी गाउँपालिका–९ पिन्थलीमा बिपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार दिउँसोदेखि मौसममा क्रमशः सुधार आउने
शनिबार, कात्तिक १४, २०८३
हाल अर्नब चक्रबातका कारण भइरहेको वर्षासहितको मौसमी असर दिउँसोदेखि क्रमशः सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल न्युन चापीय क्षेत्रको रूपमा पश्चिम नेपाल नजिक रहेको र अपरान्हसम्म यसको असर क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।
काठमाडौंको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो
शनिबार, कात्तिक १४, २०८३
सरकारले काठमाडौं महानगरपालिकाभित्र रहेको ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याएको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ...
मन्त्रालयको सरुवा निर्णय कार्यान्वयन नगरेको भन्दै तीन पालिकाको खाता रोक्का
शनिबार, कात्तिक १४, २०८३
मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेको भन्दै सामान्य प्रशासन मन्त्रालयले तीन वटा पालिकाको आर्थिक अधिकार रोक्का गरेको छ । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको बताएको छ ।
बागलुङ र गोरखाका थप ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा, उच्च क्षति
शुक्रबार, कात्तिक १३, २०८३
सरकारले बागलुङ र गोरखा जिल्लाका थप ५ स्थानीय तहलाई संकटगस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती जिल्लाका ५ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै क्षेत्र तोकेर रकम खर्च गर्न भनेको छ ।
माटो परीक्षणका लागि सूर्यविनायक नगरपालिकाले थप्यो ७ दिन, किसानलाई नमुना बुझाउन आग्रह
शुक्रबार, कात्तिक १३, २०८३
भक्तपुरको सूर्यविनायक नगरपालिकाले माटो परीक्षणका लागि किसानबाट माटोको नमुना संकलन गर्ने समयावधि थप ७ दिन बढाएको छ।
वराहक्षेत्र नगरपालिकाका मेयरले खोसे प्रमुख प्रशासकीय अधिकृतको गाडी, कार्यकक्षमा ताला
शुक्रबार, कात्तिक १३, २०८३
सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको गाडी सुविधा खोसेका छन् भने कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।
अर्नब चक्रवातको असर कम गर्न कस्तो तयारी गरेको छ सरकारले ?
बिहीबार, कात्तिक १२, २०८३
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ।
अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुने, सबैभन्दा बढी कहाँ ?
बिहीबार, कात्तिक १२, २०८३
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव सम्बन्धमा प्रमुख राजमार्गहरुमा प्रारम्भिक पहिरो जोखिम आंकलन तथा पूर्वसूचना जारी गरेको हो ।


