लालबन्दी नगरपालिकाले किन भन्यो सार्वजनिक सुचना प्रकाशन गरी उपभोक्ता भेला गर्नू ?
आइतबार, कात्तिक १५, २०८३
दाङको तीन स्थानीय तहका ८ भूमिहिन परिवारले पाए लालपुर्जा
आइतबार, कात्तिक १५, २०८३
समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ख (हाल गढवा ३) का ५ जना, साविक सोनपुर ५क (हाल लमही नगरपालिका ३) का २ जना र साविक लालमाटिया ३त (हाल राप्ती गाउँपालिका वडा नं १) का १ जना भूमिहिन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
रास्वपाले खुलायो महानगर–उपमहानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारको लागि आवेदन
आइतबार, कात्तिक १५, २०८३
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको लागि पार्टीको तर्फबाट महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णय गरेको छ ।
किसानको उत्पादन ढुवानीका लागि पक्की पुल निर्माण गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता
आइतबार, कात्तिक १५, २०८३
गृहमन्त्री सुधन गुरुङले पुल नहुँदा किसानका उत्पादन बारीमै कुहिने समस्याको समाधानका लागि पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सडक र पुलको अभावमा कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्याउन नसक्दा किसानले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
विराटनगरको जितमा रसेलको अलराउण्ड प्रदर्शन
आइतबार, कात्तिक १५, २०८३
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले पहिलो जित हात पारेको छ । एनपीएल अन्तर्गत शनिबार राति भएको ५ ओभरको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले हराएको हो ।
आजको मौसम : अर्नबको प्रभाव कम हुँदै, न्युन चापीय प्रणालीको आंशिक प्रभाव
आइतबार, कात्तिक १५, २०८३
हाल पश्चिम नेपाल नजिक रहेको न्युन चापीय क्षेत्र अर्थात् अर्नब चक्रबातको प्रभाव कम हुदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।
पहिरोका कारण देशका केही राजमार्गको यातायात अवरुद्ध
शनिबार, कात्तिक १४, २०८३
लगातारको वर्षासँगै खसेको पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेका छन् । पहिरो खसेसँगै रोशी गाउँपालिका–९ पिन्थलीमा बिपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार दिउँसोदेखि मौसममा क्रमशः सुधार आउने
शनिबार, कात्तिक १४, २०८३
हाल अर्नब चक्रबातका कारण भइरहेको वर्षासहितको मौसमी असर दिउँसोदेखि क्रमशः सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल न्युन चापीय क्षेत्रको रूपमा पश्चिम नेपाल नजिक रहेको र अपरान्हसम्म यसको असर क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।
काठमाडौंको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो
शनिबार, कात्तिक १४, २०८३
सरकारले काठमाडौं महानगरपालिकाभित्र रहेको ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याएको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ...
मन्त्रालयको सरुवा निर्णय कार्यान्वयन नगरेको भन्दै तीन पालिकाको खाता रोक्का
शनिबार, कात्तिक १४, २०८३
मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेको भन्दै सामान्य प्रशासन मन्त्रालयले तीन वटा पालिकाको आर्थिक अधिकार रोक्का गरेको छ । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको बताएको छ ।
बागलुङ र गोरखाका थप ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा, उच्च क्षति
शुक्रबार, कात्तिक १३, २०८३
सरकारले बागलुङ र गोरखा जिल्लाका थप ५ स्थानीय तहलाई संकटगस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती जिल्लाका ५ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै क्षेत्र तोकेर रकम खर्च गर्न भनेको छ ।
माटो परीक्षणका लागि सूर्यविनायक नगरपालिकाले थप्यो ७ दिन, किसानलाई नमुना बुझाउन आग्रह
शुक्रबार, कात्तिक १३, २०८३
भक्तपुरको सूर्यविनायक नगरपालिकाले माटो परीक्षणका लागि किसानबाट माटोको नमुना संकलन गर्ने समयावधि थप ७ दिन बढाएको छ।


