महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि मध्यरातमा ठेकेदारको आक्रमण
शुक्रबार, असार २६, २०८३
मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अबैध रुपमा रकम झिकेको मेयर साहको आरोप
शुक्रबार, असार २६, २०८३
उपमेयर नागेन्द्रप्रसाद यादवले भने रकम भुक्तानीमा प्रमुख प्रशासकीय अधिकृतले गडबढी नगरेको बताए ।
टेम्केमैयुङ गाउँपालिकामा एक घर, एक करेसाबारी कार्यक्रम, किसानलाई दिइयो ३८ लाखको सामग्री
शुक्रबार, असार २६, २०८३
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ३८ लाख रुपैयाँ बराबरको पाइप तथा टनेल वितरण गरेको छ । गाउँपालिकाले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अन्तर्गत किसानलाई पाइप तथा टनेल सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
बलजफ्ती लेखिरहेको छ काठमाडौँ महानगर प्रहरीले ‘महानगर प्रहरी बल’
शुक्रबार, असार २६, २०८३
सशस्त्र प्रहरी ऐन २०५८ को परिभाषा खण्डमा ‘सशस्त्र प्रहरी सेवा भन्नाले दफा ३ बमोजिम गठित सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतको सेवा सम्झनु पर्छ’ भनेर लेखिएको छ । ऐनको दफा ३ मा ‘सशस्त्र प्रहरी बल, नेपालको गठन’ भनेर उल्लेख गरिएको छ ।
उत्तरगया गाउँपालिकाको बजेट खर्च ६६ प्रतिशत
शुक्रबार, असार २६, २०८३
रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाले चालु आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले दिएको जानकारी अनुसार समग्र बजेट खर्च ६६.१४ प्रतिशत भएको हो ।
गृहमन्त्री सुधन गुरुङको ‘दबाब विपरित’ प्रहरीले दियो गणेश नेपालीको मृत्यू भएको जानकारी
शुक्रबार, असार २६, २०८३
गृहमन्त्री सुधन गुरुङ अस्पतालमै बसेर ‘तत्काल विवरण सार्वजनिक नगर्न’ भनेपछि अस्पताल प्रशासन मौन रहेको स्रोतले जानकारी दिएको छ ।
माङसेबुङ गाउँपालिकाले १ करोड १७ लाख लागतमा बनाएको ८ पक्की कुलोले ल्याएको किसानको खुसी
शुक्रबार, असार २६, २०८३
माङसेबुङका चार वडामा सञ्चालित आठ वटा साना सिँचाइ कार्यक्रमबाट त्यहाँका सयौँ किसान उत्साहित भएका छन् । बाँझो रहेको खेतखेतमा सिँचाइ सुविधा पुगेपछि किसान उत्साहित छन् ।
मातहत निकाय र संस्थानलाई मन्त्री चौधरीको निर्देशनः युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्नू
शुक्रबार, असार २६, २०८३
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिएक छन् ।
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
शुक्रबार, असार २६, २०८३
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको आकर्षण बन्दै आएको छ । हालैमात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि हरसिङडाँडाको परिचयमा नयाँ आयाम...
जलविद्युत् आयोजनाको ‘मकिङ’ ले धवलागिरि गाउँपालिकामा पहिरो र कटानको समस्या
शुक्रबार, असार २६, २०८३
धवलागिरि गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ । कुल ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैँचा र पाखोबारीमा क्षति पुगेको हो ।
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण सुरू
शुक्रबार, असार २६, २०८३
मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ ।
आत्मदाहको कोशिस गरेका नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी
शुक्रबार, असार २६, २०८३
सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको कोशिस गर्दा गम्भीर घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (आईआईएमएस) लैजाने तयारी गरिएको छ ।


