काठमाडौं । आज कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाल्ने सम्भावना रहेको छ भने बाँकी क्षेत्रको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।
देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भू–भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ ।
आज दिउँसो देशको हिमाली क्षेत्रमा साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
भरेराति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ भने बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू–भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।




