क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले पाए लालपुर्जा
शुक्रबार, असोज २, २०८३
सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप, यस्तो छ कारण
बिहीबार, असोज १, २०८३
रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ।
आमालाई ६ महिना र बाबुलाई ४२ दिन सुत्केरी विदा दिने सरकारको तयारी
बुधबार, भदौ ३१, २०८३
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुत्केरी विदा बढाएर आमालाई ६ महिना र बाबुलाई ४२ दिन दिने कानुनी प्रबन्ध गर्न लागिएको जानकारी दिइन् । हाल आमालाई ९० दिन रबाबुलाई १५ दिन दिने व्यवस्था छ ।
सामान्यको परिपत्रः सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
मंगलबार, भदौ ३०, २०८३
सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गर्ने व्यवस्था रहेको जनाएको छ।
किस्पाङ गाउँपालिकाका अध्यक्षको ९ करोडभन्दा बढीको बैंकिङ कसुर, नखुलेको कति होला ?
मंगलबार, भदौ ३०, २०८३
अध्यक्ष तामाङ पक्राउ परेपछि यसले ठूलो चर्चा पनि पायो । किन पक्राउ परे ? एमालेबाट अध्यक्षका उम्मेदवार बनी विजयी तामाङमाथि राजनीतिक प्रतिशोध पो साधियो कि भन्ने चर्चा पनि भए ।
सर्केगाड गाउँपालिकाले किन माग्यो ३ दिनभित्र प्रमाणित हाजिरी रजिष्टरको स्क्यान कपि ?
मंगलबार, भदौ ३०, २०८३
हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाले वडा कार्यालय तथा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको हाजिरी रजिष्टार प्रमाणित गरी ३ दिनभित्रमा पठाउन निर्देशन दिएको छ ।
सिडिओ अफिसहरुलाई गृहको पत्राचारः सरकारी कार्यालयमा दलाल छिर्न नदिनू, फोटोकपि फ्रिमा गरिदिनू
मंगलबार, भदौ ३०, २०८३
गृह मन्त्रालयले सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने व्यक्ति (दलाल वा विचौलिया) माथि निगरानी राखी कानुनबमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
फेरिए ३० गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अब को कहाँ ?
मंगलबार, भदौ ३०, २०८३
मन्त्रालयले भदौ २९ गते मन्त्रिस्तरीय निर्णय गर्दै शाखा अधिकृतहरुको सरुवा गरेको हो । यो सरुवाबाट ३० वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् ।
कामै नगरी २६ लाख ६४ हजार हिनामिना गरेको भन्दै गाउँपालिकाका हाकिम, पत्रकार र ठेकेदारलाई मुद्दा
बिहीबार, भदौ २५, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको धनौजी गाउँपालिकामा सडक निर्माणका नाममा कामै नगरी रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना व्यक्ति तथा संस्थाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जेनजी आन्दोलनका शहीदको अनुहारसँग मिलेन सालिक, अनावरण नगरी फर्किए गृहमन्त्री
बुधबार, भदौ २४, २०८३
ललितपुरको सातदोवाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा रहेको पार्कमा निर्मित ४५ जना शहीदको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न मनराशिसवा नगरपालिकाको दोस्रो सुचना
बुधबार, भदौ २४, २०८३
महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीलाई भत्ता निरन्तरताका लागि परिचयपत्र नवीकरण गर्न दाेस्रो पटक आग्रह गरेको छ।
नापजाँच सकिएको १३ वर्षपछि बुद्बभुमि नगरपालिकाका ७ सय ३० परिवारले पाए लालपुर्जा
सोमबार, भदौ २२, २०८३
नापि कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि नगरपालिका वडा नं ७ का ३३८ र ८ का ३९२ गरि जम्मा ७३० स्ववासी परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
रसुवाबाट फर्किएर महासंघले गरायो प्राधिकरणको ध्यानाकर्षण
सोमबार, भदौ २२, २०८३
गाउँपालिका राष्ट्रिय महासंघले भोटेकोशी बाढी प्रभावित स्थानको स्थलगत अवलोकनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।


