काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित विरुद्ध भ्रष्टाचारको मुद्दा पेस भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री डा. रिजालसहित १६ जना विरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । उनीहरुमाथि ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ विगो दाबी गरिएको छ ।
मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारको छ ।
यो सूचीमा पूर्वभूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेको पनि नाम छ ।
यसैगरी पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरु गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्षमण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलाको नाम समेत आरोप पत्रमा छ ।
भूमि व्यवस्था विभागका तत्कालिन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सिताराम पोखरेल, नासु बुद्धिबहादुर कार्कीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा पेस गरेको छ ।
विषय के हो ?
मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो।
भ्रष्टाचारको अभियोग लागेकाहरु
अख्तियारले तत्कालिन प्रधानमन्त्री नेपाल, तत्कालिन मन्त्री डा. रिजाल, तत्कालिन सहसचिव अधिकारी, तत्कालिन उपसचिवहरु गान्धीप्रसाद सुवेदी र हुपेन्द्रमणि केसी, नूरपति कडेल, ध्रुबप्रसाद सापकोटा, हरिराज पन्त, शाखा अधिकृत बलराम निरौला, तत्तकालिन उपसचिव डा. अर्जुनकुमार खड्का, तत्कालिन उपसचिव लक्ष्मण थापा क्षेत्र, तत्कालिन सहसचिव राजेन्द्र प्रसाद लौडारी, उपसचिव नारायणप्रसाद अधिकारी र बाबुराम खनाल, शाखा अधिकृत सितारम पोखरेल र नासु बुद्धीबहादुर कार्की छन् ।
यस्तै, शाखा अधिकृत परशुराम अधिकारी, यादवप्रसाद पोखरेल, उर्मिला दाहाल (पोखरेल), राकेश निरौला र रमेश सुवेदी विरुद्ध पनि भ्रष्टाचारको अभियोग लागेको छ । तत्कालिन अधिकृत द्रोणराज काफ्ले, माटोविज्ञ सुनिल कुमार सिंह, अधिकृत भानुभक्त मैनाली, अधिकृत काशीकुमार चौधरी, वशन्तराज अर्याल, हरेन्द्र प्रसाद श्रीवास्तव, माटोविज्ञ नुनुलाल उराँव, गाविस सचिव मणिराम पाण्डे, खरिदार इन्द्रनारायण भगत, भूमिसुधार अधिकारी उमानाथ पाण्डे, नासु डिल्लीराम पोखरेल, खरिदार तुलसीप्रसाद खतिवडा, प्रधानाध्यापक शंकर पोखरेल, मोहन आचार्य र दुर्गाप्रसाद पोखरेल, रिजाल क्यानिङ एण्ड कम्पनी प्रालि तथा त्यसका संचालकहरु कुलचन्द्र प्रसाद रिजाल, जनकप्रसाद रिजाल, देवेन्द्र रिजाल, बद्रीप्रसाद रिजाल र पशुपति प्रसाद रिजाल रहेका छन् । अख्तियारले शैलेन्द्र बहादुर बस्नेत र गोपाल बहादुर बस्नेतलाई पनि भ्रष्टाचारको अभियोग लगाएको छ ।
सो प्रकरणमा जोडिएका तर, अहिले निधन भइसकेका तत्कालिन भूमिसुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठ, तत्कालिन मुख्यसचिव माधवप्रसाद घिमिरे, मोरङका तत्कालिन भूमिसुधार अधिकारी डा. बच्चुराम कार्की, तत्कालिन नासु, माधव पोखरेल, लगायत ८ जना मृतकको हकमा भने उनीहरुका आफन्तलाई विगो असुल उपर गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ ।
यस्तै विभिन्न ४३ जनालाई जग्गा जफत गर्ने प्रयोजनको लागि मात्रै प्रतिवादी बनाइएको अख्तियारले जानकारी दिएको छ ।



