जानकी गाउँपालिकाले भन्यो– बाढी प्रभावितलाई आर्थिक र भौतिक सहयोग गर्न तयार छौं
जानकी गाउँपालिकाले भन्यो– बाढी प्रभावितलाई आर्थिक र भौतिक सहयोग गर्न तयार छौं बाँके जिल्लाको जानकी गाउँपालिकाले रसुवालगायतका जिल्लामा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
त्रिविका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
त्रिविका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
रोशी गाउँपालिकाले बाढीपीडितका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने
रोशी गाउँपालिकाले बाढीपीडितका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिकाले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
भोटेकोशी बाढीपीडितका लागि पैयुँ गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने
भोटेकोशी बाढीपीडितका लागि पैयुँ गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने पैयुँ गाउँपालिकाका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक तोरण मल्ल ठकुरीको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रूपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
बाढीपीडितका नाममा आर्थिक सहयोग गर्दा सरकारी खातामै रकम जम्मा गर्न सरकारको आग्रह
बाढीपीडितका नाममा आर्थिक सहयोग गर्दा सरकारी खातामै रकम जम्मा गर्न सरकारको आग्रह सरकारले आधिकारिक खाताबाहेक अन्य माध्यमबाट हुने रकम संकलनप्रति सचेत रहनसमेत आग्रह गरेको छ।
प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब र पारिश्रमिक बराबरको रकम दैवी प्रकोप उद्धार कोषमा दिने
प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब र पारिश्रमिक बराबरको रकम दैवी प्रकोप उद्धार कोषमा दिने सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
विपद्को घडीमा एकजुट हुन काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलको अपिल
विपद्को घडीमा एकजुट हुन काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलको अपिल काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय संकटलाई संयमतापूर्वक व्यवस्थापन कार्यमा एकजुट हुन सबैमा अपिल गरेकी छन् ।
बाढी प्रभावित परिवारलाई सम्पर्कमा आउन राजापुर नगरपालिकाको अपिल
बाढी प्रभावित परिवारलाई सम्पर्कमा आउन राजापुर नगरपालिकाको अपिल बर्दिया जिल्लाको राजापुर नगरपालिकाले सिन्धुपाल्चोकको भोटेकोशी नदीलगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा सम्पर्कविहीन राजापुर नगरपालिकाका नागरिकको खोजी तथा उद्धारका लागि अपिल गरेको छ।
भोटेकोशी बाढीपीडितका लागि पैयुँ गाउँपालिकाका कर्मचारीद्वारा तीन दिनको तलब सहयोग
भोटेकोशी बाढीपीडितका लागि पैयुँ गाउँपालिकाका कर्मचारीद्वारा तीन दिनको तलब सहयोग पर्वत जिल्लाको पैयुँ गाउँपालिकाका कर्मचारीहरुले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ३ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
रसुवा बाढी प्रभावितलाई सहयोग र समन्वय गर्न सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ७ निर्णय
रसुवा बाढी प्रभावितलाई सहयोग र समन्वय गर्न सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ७ निर्णय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहले रसुवा वाढी प्रभावितलाई सहयोग र समन्वय गर्न विभिन्न ७ निर्णय गरेको छ ।
सडकमार्ग हुँदै बाढी प्रभावित नुवाकोट लागे प्रधानमन्त्री शाह, साथ भौतिक पूर्वाधार मन्त्री पनि
सडकमार्ग हुँदै बाढी प्रभावित नुवाकोट लागे प्रधानमन्त्री शाह, साथ भौतिक पूर्वाधार मन्त्री पनि प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’ विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।
Weather Update