जेनजी आन्दोलनका शहीदको अनुहारसँग मिलेन सालिक, अनावरण नगरी फर्किए गृहमन्त्री
काठमाडौँ । ललितपुरको सातदोवाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा रहेको पार्कमा निर्मित ४५ जना शहीदको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।
शहीदको अनुहारसँग सालिक नमिलेपछ गृहमन्त्री सुधन गुरुङले अनावरण गर्ने तय भएको सालिक अनावरण कार्यक्रम स्थगित भएको हो ।
शहीदको अनुहारसँग सालिक नमिलेको परिवारले जनाएका छन् ।
शहीद परिवारले अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएका छन् । परिवारको अडानपछि गृहमन्त्री गुरुङ सालिक अनावरण नगरी फर्किएका हुन् । गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा शहीद भएका व्यक्तिहरुको सालिक अनावरण गर्ने कार्यक्रम तय भएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३ १२:२१
प्रतिक्रिया दिनुहोस्




