अर्थमन्त्री डा.वाग्लेले आज एनडीटीभी वर्ल्ड समिटलाई सम्बोधन गर्ने

काठमाडौं । भारतमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज हुने एनडीटीभी वर्ल्ड समिट २०२६ लाई सम्बोधन गर्ने भएका छन् । 

भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले बिहीबार नै दिल्ली पुगेका थिए । 

मन्त्री वाग्ले बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट तीन दिने भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन् । 

दुई सदस्यीय भ्रमण दलमा अर्थमन्त्री वाग्लेसँगै उनका प्रमुख स्वकीय सचिव नवीन ढुंगाना सहभागी छन् । अर्थमन्त्री डा.वाग्लेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए । 

उनी बिहीबार साँझको एनडीटीभीले आयोजना गरेको समिट अन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा.एस.जयशंकरको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए । 

आज बिहान सवा ११ बजे उनले समिट अन्तर्गतको आफ्नो सत्रमा सहभागी भएर सम्बोधन गर्ने कार्यतालिका छ । 

‘निकटताबाट समृद्धिः भारत–नेपाल अवसर’ शीर्षकको अन्तरक्रियामा समेत उनी सहभागी हुनेछन् । अर्थमन्त्री वाग्ले शनिबार नेपाल फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update