कार्की आयोगको प्रतिवेदन: सरकारले लुकायाे, मिडियामा सार्वजिनक
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका बारेमा छानविन गर्न गठन भएको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले तयार पारेको प्रतिवेदन संचार माध्यमबाट सार्वजनिक भएको छ ।
आयोगले प्रतिवेदन तयार पारेर प्रधानमन्त्री शुशीला कार्कीलाई बुझाएको लामो समय भएपनि सरकारले यो प्रतिवेदन गोप्य राखेको छ ।
तर, आयोगको प्रतिवेदन भन्दै स्रोतले संचार माध्यमहरुलाई उपलब्ध गराएको छ ।
प्रतिवेदनमा सो समयको सरकारका प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुखहरु तथा अधिकारीहरु लगायतलाई दोषी ठहर गरिएको छ । आयोगले भदौ २४ को सन्दर्भमा भने खास छानविन गरेको देखिदैन ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०८२ १८:५३
प्रतिक्रिया दिनुहोस्






