मंसिर ४ गते लिखु गाउँपालिकामा सार्वजनिक विदा, यस्तो छ कारण

 

काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकाले मंसिर ४ गते सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गरी सार्वजनिक विदा दिइएको जानकारी दिएको हो ।

सो दिन हरिबोधिनी एकादशी (तुलसी विवाह) पर्व परेकोले सार्वजनिक विदा दिइएको गाउँपालिकाको भनाइ छ । सो दिन गाउँपालिका अन्तरगतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ संस्था (अत्यावश्यक सेवा वाहेक) तथा अन्य संघ संस्थाहरुमा समेत विदा दिइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १५:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update