लिखु गाउँपालिकाले टारकेराबारीमा व्यवस्थित शहर बनाउने, अरु यस्ता छन् नीति र कार्यक्रमहरु

काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकाले टारकेराबारीमा व्यवस्थित शहर बनाउने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा टारकेराबारी सहरी गुरुयोजना संचालन गर्ने भनिएको छ । 

‘टारकेराबारीको सम्मटार भूभागमा व्यवस्थित सहरी विकास तथा बस्ती विकास योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई आगामी दिनमा गाउँपालिकाको विशेष रणनीतिक योजनामा समावेश गरिनेछ। यसको कार्यान्वयनका लागि संघ तथा प्रदेश सरकारसँग बजेट र समपुरक कोषको माग गरिनेछ,’ गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी आर्थिक वर्षको लागि ल्याइएको नीति तथा कार्यक्रममा दिगो पूर्वाधार र प्रविधिमुखी रुपान्तरणलाई रोडम्याप बनाइएको गाउँपालिकाका प्रवक्ता मोहन कार्कीले जानकारी दिए । 

गाउँपालिकाले अब सडक खनेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय बजारको इन्धन मूल्यवृद्धिको चापलाई कम गर्न यातायातलाई सहज र किफायती बनाउँदै हाम्रा रणनीतिक बाटोहरूलाई सुरक्षित, फराकिलो र बाह्रै महिना चल्न सक्ने स्तरोन्नतिमा बदल्नु पर्नेछ भन्ने कुरालाई आत्मसाथ गरेको छ । यस्तै, अब विद्यालय भवन बनाएर मात्र पुग्दैन, विश्वव्यापी प्रविधिको दौडमा हाम्रा बालबालिका नपिटिऊन् र गुणस्तरीय शिक्षा पाओस् भन्नका लागि कृत्रिम बुद्धिमत्ता (एआइ) र प्रविधिमैत्री आधुनिक शिक्षा सुनिश्चित गर्नु पर्नेछ भन्ने अठोट गाउँपालिकाको छ । 

यस्ता छन् मुख्य नीति तथा कार्यक्रमहरु

कृषि पूर्वाधार र व्यावसायिक हाटबजारस् गाउँपालिका भित्र घोषणा गरिएकाः कृषि संकलन केन्द्रू र चिश्यान केन्द्र ‘गाउँपालिकास्तरीय बिउ बैंक’को सुदृढीकरण र पूर्ण सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण कार्यलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाइने गाउँपालिकाले जानकारी दिएको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको बजारीकरणका लागि व्यावसायिक हाटबजारको दायरा र संयन्त्रलाई अझ प्रभावकारी र मजबुत बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।कृषि तथा पशुमा लाग्ने विभिन्न रोगको नियन्त्रण तथा हुने नोक्सान न्यूनिकरणको लागि किसानहरुलाई विमामा आवद्ध गर्न आवश्यक सहजीकरण गर्न वातावरण सिर्जना गरिने अध्यक्ष कार्कीले जानकारी दिए । यस्तै, हरेक किसानहरुलाई किसान सुचीकरणमा आबद्ध गरिने पनि गाउँपालिकाको नीति छ ।

उत्पादनमा आधारित कृषक प्रोत्साहनस् उत्कृष्ट कार्य गर्ने वास्तविक कृषकहरूलाई उत्प्रेरित गर्न कृषक सम्मान कार्यक्रमलाई निरन्तरता दिइने र यसको छनोट प्रक्रियालाई थप पारदर्शी र वस्तुनिष्ठ बनाइने भनिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा बाख्रा सुधार कार्यक्रम र किवि खेती कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। आगामी आर्थिक वर्षमा पशुपालन क्षेत्रमा व्यावसायिक परिवर्तन ल्याउन भैँसी पालन तथा प्रवर्द्धन कार्यक्रम र पशु नश्ल सुधार कार्यक्रमलाई व्यापक रूपमा सुरुवात गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि प्राङ्गारिक खेती तथा जैविक मलको सुरुवात गर्ने भएको छ । कृषकहरूका लागि रासायनिक मल र विषादीको हानिकारक प्रयोग न्यूनीकरण गर्न र माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक खेती प्रणालीको नीतिगत प्रवर्द्धन गर्दै जैविक मलको उत्पादन र उपयोगमा सहुलियत र अनुदान दिने कार्यको पाइलटिङ ९सुरुवात० गरिने नीतिमा उल्लेख छ । यस्तै, गरिवी निवारणका लागि लघु उम विकास कार्यक्रम ९मेडपा० तथा सुरक्षित आप्रवासन कार्यक्रमलाई स्थानीय उम तथा सिप विकास कार्यक्रमसँग आवद्ध गरी नियमित रुपमा सञ्चालन भइरहेका अन्य कार्यक्रमलाई समेत थप प्रभावकारी र व्यवस्थित बनाइने लिखु गाउँपालिकाको नीति छ ।

गाउँपालिकाले कल्याणकारी लघुउद्यम कर छुट कार्यक्रम पनि ल्याएको छ । महिला, दलित वा सीमान्तकृत समुदायद्वारा मात्र सञ्चालित र व्यवस्थापन गरिएका लघुउद्यम तथा घरेलु उद्योगहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले लिने व्यवसाय करमा महिलाको नानमा दर्ता व्यवसायहरुलाई २५ प्रतिशत छुट तथा अन्य सबै दर्ता व्यवसायहरुलाई १५ प्रतिशत छुट (पहिलो चौमासिक) दिने र स्थानीय तहमा दर्ता भई सञ्चालनमा आएका व्यवसायहरु हालको अवस्थामा सञ्चालन भए नभएको भए व्यवसाय करमा छुट गरी दुई आर्थिक वर्षको कर तिरेमा व्यवसाय नविकरण तथा खारेजी गर्न सकिने व्यवस्था गर्न लागिएको हो ।

गाउँपालिकाले लाइफलाइन सडकहरूको स्तरोन्नति र बाह्रै महिना यातायात कार्यक्रम अन्तरगत वडा नं। १ देखि ९ सम्म जोड्ने गाउँपालिका चक्रपथ सडकको स्तरोनन्ती गर्दै सडक सुरक्षित, फराकिलो र स्थायी बनाउन सडक संरचना सुधार अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्र सुपर बस गुड्ने र मुख्य बजार क्षेत्र जोड्ने रणनीतिक महत्त्वका सडकहरूलाई पहिलो प्राथमिकतामा राखी, नाली तथा ग्राभेलिङ सहित बाह्रै महिना यातायात निर्बाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।

गाउँपालिका भित्र बिनानक्सापास संरचना बनाउने प्रवृत्ति रोक्न र पुराना घरहरूको सहज अभिलेखीकरण ९नक्सापास अभियान० गर्न विशेष प्राविधिक अध्ययन गरिने गाउँपालिकाका प्रवक्ता मोहन कार्कीले जानकारी दिए। नयाँ ट्र्याक खोल्ने कार्यलाई क्रमशः नियन्त्रण गर्दै सडकको अधिकार क्षेत्रभित्र बनेका अनधिकृत संरचनाहरू क्रमशः हटाउने कार्य विस्तारै सुरु गरिने गाउँपालिकाको भनाइ छ।

लिखु गाउँपालिकाले लिखुको प्रमुख प्राकृतिक गौरव पोकली झरना, ऐतिहासिक महत्त्व बोकेको भोल्टेकोट गढी र धार्मिक गहना कुण्डलेश्वर महादेव मन्दिरको पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर विस्तृत पर्यटन गुरुयोजना बमोजिम निर्माण हुन बाँकी संरचनाहरू सम्पन्न गर्न संघ तथा प्रदेश सरकारको विशेष योजनामा समावेश गरी आवश्यक बजेट माग र व्यवस्थापन गरिने नीति लिएको छ ।

कृत्रिम बुद्धिमत्ता (एआइ) र प्रविधि शिक्षाको पाइलटिङको कार्य पनि गरिने भएको छ । बदलिँदो विश्व परिवेश र प्रविधिको युगलाई आत्मसाथ गर्दै लिखुका विद्यालयहरूमा आधुनिक प्रविधि शिक्षा भित्र्याउन आगामी वर्ष एआइ र अनलाइन शिक्षा सम्बन्धी विशेष पाइलट कार्यक्रमको सुरुवात गरिने गाउँपालिकाका प्रवक्ता कार्कीले जानकारी दिए ।

गाउँपालिकाले गाउँ शिक्षा समिति र परीक्षा व्यवस्थापन समिति मार्फत कक्षा ८ को परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने नीति लिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई शैक्षिक नतिजाप्रति पूर्ण जबाफदेही बनाउन नयाँ कार्यसम्पादन सूचकहरू तोक्ने तयारी र अभ्यास सुरु गरिने गाउँपालिकाको नीति छ । विगतदेखि नै संचालनमा रहेको मातृ(शिशु सुरक्षा तथा कल्याणकारी भेटघाट कार्यक्रम अन्तरगतको गर्भवती र सुत्केरी महिलाहरूका लागि सञ्चालित निःशुल्क एम्बुलेन्स सेवा तथा ग्रामीण अल्ट्रासाउण्ड शिविर र उपाध्यक्ष भेटघाट कार्यक्रमलाई अझ बढी प्रभावकारी र गुणस्तरीय बनाइने भएको छ। 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update