लिखु गाउँपालिकाले असार १० गते बजेट ल्याउने, औपचारिक पोशाकमा आउन निम्ता

 

काठमाडौँ । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका असार गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउतले दिएको जानकारी अनुसार सो दिन विहान १० बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

लिखु गाउँपालिकाले असार १० गते आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, वार्षिक बजेट (आय व्ययको अनुमान) प्रस्तुत गर्ने र आर्थिक र विनियोजन विधेयक प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रमका लागि असार १० गते विहान १० बजे गाउँपालिकाको सभा हल यसमा तोकिएको औपचारिक पोशाकमा उपस्थित हुन गाउँपालिकाले सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update