पाल्पामा तानसेन र रामपुर नगरपालिकाका दुई उद्यमी उत्कृष्ट घोषित, उद्योग दिवसमा सम्मान गरिने

 

काठमाडौँ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले यस वर्षका लागि दुई जना उद्यमीलाई उत्कृष्ट उद्यमीका रूपमा छनोट गरेको छ। 

कार्यालयले प्राप्त आवेदनहरूको मूल्यांकन गरी तानसेन र रामपुर नगरपालिकाका दुई उद्यमीलाई उत्कृष्ट उद्यमीका रूपमा छनोट गरेको हो।

कार्यालयका अनुसार तानसेन नगरपालिका–४ स्थित पौड्याल ढाका उद्योगका सञ्चालक मनोजराज शर्मा पौड्याल र रामपुर नगरपालिका–६ स्थित कृष्ण उन्नत भैंसी विकास बीउ बिजन उत्पादन स्रोत केन्द्रका सञ्चालक कृष्णकुमार अर्याल उत्कृष्ट उद्यमी घोषित भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले २०८३ असोज १ गते सूचना प्रकाशित गरी आवेदन दिन भनेको थियो । प्राप्त आवेदनमाथि मूल्यांकन समितिले मूल्यांकन गरेपछि उनीहरूलाई उत्कृष्ट उद्यमीका रूपमा छनोट गरिएको हो ।

छनोट भएका दुवै उद्यमीलाई आगामी मंसिर ९ गते मनाइने उद्योग दिवसका अवसरमा सम्मान तथा पुरस्कृत गरिने कार्यालयले जनाएको छ। सम्मान तथा पुरस्कार ग्रहण गर्न छनोट भएका उद्यमीहरूलाई अनिवार्य उपस्थित हुनसमेत कार्यालयले अनुरोध गरेको छ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update