काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार यसरी हेलिकोप्टर ठोक्किँदा भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडुको मृत्यू भएको छ ।
यस्तै, दुर्घटनामा परी भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल घाइते भएका छन् ।
मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटनामा परेको थियो । फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएर दुर्घटनामा परेको हो ।
घाइतेलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३ १०:५८
प्रतिक्रिया दिनुहोस्



