स्थानीय तहको निर्वाचन बैशाखमा !

 

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी बैशाखमा गर्न प्रस्ताव गरेको छ । प्रमुख राजनीतिक दलहरुका शीर्ष नेताहरुसँग आज (शुक्रबार) भएको छलफलमा आयोगले यस्तो प्रस्ताव गरेको हो ।

सहभागी नेताहरुका अनुसार आयोगले प्रदेश र स्थानीय तहको निर्वाचन छुट्टाछुट्टै गर्न प्रस्ताव गरेको छ । आयोगले आगामी बैशाखमा स्थानीय तहको र आगामी मंसिरमा प्रदेशको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

यसअघि २०७९ साल जेठ ५ गते स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिले कार्यभार संहालेका थिए ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुन्छ । निर्वाचन ऐनमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनु २ महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने निर्वाचन तयारीको लागि १२० दिनको समय राखेर निर्वाचन घोषणा गरिनु पर्छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update