काठमाडौँ । प्रदेश र स्थानीय तह निर्वाचनका विषयमा निर्वाचन आयोग र प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । छलफलमा प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्नेबारेमा उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत सहमति जुटाउने सहमति भएको छ ।
शुक्रबार निर्वाचन आयोगमा प्रमुख राजनीतिक दलका नेता र आयोग पदाधिकारीबीच भएको छलफलमा उच्चस्तरीय संयन्त्रको बैठक बसेर सहमति जुटाउने र सोही अनुसार आयोगलाई सुझाव दिने सहमति भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलका अनुसार
छलफलमा आयोगका पदाधिकारीहरूले मतदाता नामावली अद्यावधिक देखि अन्य प्रगतिका बारेमा नेताहरूलाई जानकारी गराएको थियो ।
उनले प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने बारेमा उच्चस्तरीय राजनीतिक स्तरमा छलफल गरेर सहमति जुटाउने बताए । छलफलमा विदेशमा रहेका नेपाली र अन्तर जिल्ला मतदानबारे समेत कुराकानी भएको खरेलको भनाइ छ ।




