गोरखा । बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ। बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।
बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो। यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो।
निर्माण सम्पन्न भएसँगै आजदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ भने भोलिदेखि चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिने जनाइएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३ २०:०८
प्रतिक्रिया दिनुहोस्



