रास्वपाले खुलायो नगरपालिकामा उम्मेदवार हुन चाहनेको लागि आवेदन

 

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।

रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुन आकांक्षीका लागि आवेदन खुला गरिएको हो । रास्वपाले सार्वजनिक सूचना प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।

‘नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ । यदि तपाईँ यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला,’ सूचनामा उल्लेख छ ।

आवेदन पार्टीको मोबाइल एप मार्फत दिन सकिने व्यवस्था गरिएको छ ।

रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको थियो ।

रास्वपाबाट उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै छनोट हुने प्रक्रिया सुरु हुन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update