गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन्

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति संसय व्यक्त गरेका छन् ।

पार्टी सभापति रवि लामिछानेसँग मधेसका रास्वपाका सांसदहरूले भेटेपछि पत्रकारलाई प्रतिक्रिया दिने क्रममा नेता झाले गृहमन्त्री सुधन गुरुङ लक्षित टिप्पणी गरेका हुन् । 

मन्त्री गुरुङ आन्दोलनबाट त्यो स्थानमा पुगेको बताउँदै भने उनले सडकबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर रहेको बताए ।

‘गृहमन्त्री आफैं आन्दोलन बुझ्नु भएको मान्छे हो । उहाँ आफैं पीडितसँग रोएको मान्छे हो,’ नेता झाले भने ।

उनले गृहमन्त्री गुरुङले पछिल्लो घटनाक्रमको निराकरण गर्नसक्ने अपेक्षा गरेका छन् ।

सुनसरी घटनामा राज्यको तदरुकता पर्याप्त नभएको उनको ठहर छ । 

‘राज्यको सक्रियता तदारुकता जति हुनुपर्थ्यो । त्यति नभएको हो कि । मृतकको परिवारले सान्तवना र क्षतिपूर्ति पाउनुपर्ने । त्यसमा कमी भएको देखिन्छ,’झाले भने ।

सुनसरीबाट विस्तार हुँदै गएको घटनाले जनकपुर पनि असुरक्षित रहेको झाले बताए । उनी धनुषा–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

‘आज जनकपुर सुरक्षित देखिँदैन । सबै पसलहरू बन्द छ । बजारहरू बन्द छ । चोक चोकमा मान्छेहरूले टायर बालेर विरोध जनाइरहेका छन् । अलि अप्ठ्यारो परिस्थिति देखिरहेको छु,’ नेता झाले भने ।

 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update