ललितपुर महानगरपालिका–२७ ले ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई १० हजार रुपैयाँ दिने

 

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर २७ ले ७६ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप १० हजार रुपैयाँ भत्ता वितरण गर्ने भएको छ।

वडा कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ज्येष्ठ नागरिक सम्मान भत्ताबापतको रकम निकासा भइसकेकाले वितरण गर्न लागिएको जनाएको छ। 

वडाअध्यक्ष कृष्णहरि महर्जनले दिएको जानकारी अनुसार आगामी २०८३ असोज २६ गतेदेखि भत्ता वितरण सुरु गरिनेछ।

भत्ता वितरण वडा नम्बर २७ को कार्यालयबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ। भत्ता लिन आउने ज्येष्ठ नागरिकले नेपाली नागरिकताको प्रतिलिपि, सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको परिचयपत्र र निवृत्तिभरण प्राप्त गर्नेको हकमा निवृत्तिभरण पट्टा अनिवार्य रूपमा ल्याउनुपर्नेछ।

महानगरपालिकाले ज्येष्ठ नागरिकप्रति सम्मान र सामाजिक सुरक्षाको उद्देश्यले प्रदान गर्दै आएको उक्त रकमबाट उनीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update