कांग्रेस सहमहामन्त्रीमा ९ जनाको प्रतिस्पर्धाः अजयबाबु दोस्रो हुँदा पहिलो हुने को ?

 

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत सहमहामन्त्री पदको मतगतणा भइरहेको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार अहिलेसम्मको मतगणनामा अजयबाबु सिवाकोटी दोस्रो स्थानमा छन् । सिवाकोटीले ६५३ मत पाएका छन् । 

पहिलो स्थानमा भने रामहरि खतिवडा छन् । खतिवडाले ९१७ मत पाएका छन् । उनले मतगणना सुरू भएदेखि नै अग्रता कायम राखेका छन् ।

सहमहामन्त्री पदमा ९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । जसअनुसार  अमृत कुमार अर्यालले २०४ मत,  देवेन्द्रराज कडेलले ३९५ मत,  डिल्लिराज सुवेदीले ५०० मत, विकास कोइरालाले ३३० मत, विमलराज क्षेत्रीले ७२ मत, रमेश प्रसाद धमलाले २४४ मत र राजिव ढुंगानाले २९३ मत पाएका छन् ।

 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update