नापजाँच सकिएको १३ वर्षपछि बुद्बभुमि नगरपालिकाका ७ सय ३०  परिवारले पाए लालपुर्जा

 

काठमाडौँ । नापि कार्यालय कपिलवस्तुले  नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि नगरपालिका वडा  नं ७  का ३३८ र ८  का ३९२ गरि जम्मा ७३० स्ववासी परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ७३० थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ७३० परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

यसअघि सोहि नगरपालिकाको वडा नं ५,६ र १० मा २४१६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो। सरकारले देशका विभिन्न ठाउँमा लालपुर्जा वितरण अभियानलाई तीव्र रुपमा अगाडी बढाएको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update