काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५२ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।
मन्त्रालयले भदौ २९ गते मन्त्रिस्तरीय निर्णय गर्दै शाखा अधिकृतहरुको सरुवा गरेको हो । यो सरुवाबाट ३० वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार सुनिल प्रसाद केशरीलाई पर्साको जगरनाथपुर गाउँपालिका पठाइएको छ । उनी यसअघि विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।
अहिले महोत्तरीको भंगाहा नगरपालिकामा रहेका रमेश अधिकारीलाई करैयामाई गाउँपालिका पठाइएको छ भने मुकेशकुमार चौरसियालाई मन्त्रालयबाट सप्तरीको छिन्नमस्ता गाउँपालिका पठाइएको छ । महोत्तरी सिडिओ अफिसमा रहेका कामेश्वर यादवलाई औरही गाउँपालिका पठाइएको छ भने पर्साको जगरनाथपुर गाउँपालिकामा रहेका सन्देश कुमार यादवलाई बाराको विश्रामपुर गाउँपालिका पठाइएको छ ।
सर्लाहीको विष्णु गाउँपालिकामा रहेका प्रमोद कुमार ठाकुरलाई महोत्तरीको महोत्तरी गाउँपालिका पठाइएको छ । रौतहटको बौदीमाई नगरपालिकामा रहेका उदय शंकर चौधरीलाई बाराको देवताल गाउँपालिका पठाइएको छ । पर्साको धोविनी गाउँपालिकामा रहेका कृष्णप्रसाद खतिवडालाई पर्साको जिराभवानी गाउँपालिका पठाइएको छ । श्रम तथा रोजगार मन्त्रालयबाट रंजित कुमार यादवलाई धनुषाको धनौजी गाउँपालिका पठाइएको छ भने सप्तरीको विष्णुपुर गाउँपालिकाका उज्जल आनन्दलाई सप्तरीको तिरहुत गाउँपालिका पठाइएको छ ।
पर्साको छिपरमाई गाउँपालिकाबाट संजिव साहलाई सर्लाहरीको पर्सा गाउँपालिका पठाइएको छ । यस्तै, पर्साको सखुवा पसौनी गाउँपालिकाका संजिव कुमार यादवलाई पर्साको धोविनी गाउँपालिका पठाइएको छ भने पर्साको जिल्ला समन्वय समिति रहेका सुमित कुमार सिंहलाई पर्साको पकाहामैनपुर गाउँपालिका पठाइएको छ ।
रौतहटको इशनाथ नगरपालिकामा रहेका महमत नवाज हुसैनलाई पर्साको पटेर्वा गाउँपालिका पठाइएको छ । रौतहटको मालपोट कार्यालय गरुढामा रहेका मोहन कुमार पाठकलाई महोत्तरीको सम्सी गाउँपालिका पठाइएको छ भने बाराको देवताल गाउँपालिकामा रहेका कृष्ण नन्दन रायलाई बाराको परवानीपुर गाउँपालिका पठाइएको छ । बाराको फेटा गाउँपालिकामा रहेका राकेश ओझालाई सिरहाको नवराजपुर गाउँपालिका पठाइएको छ ।
मन्त्रालयका अनुसार मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेका विरेन्द्र कुमार मण्डललाई सप्तरीको महादेवा गाउँपालिका पठाइएको छ । यस्तै, महोत्तरीको वलवा गाउँपालिकामा रहेका उमेश महतोलाई महोत्तरीको एकडारा गाउँपालिका पठाइएको छ भने भूमिसुधार कार्यालय रौतहटमा रहेका रंजय पटेललाई सिरहाको भगवानपुर गाउँपालिका पठाइएको छ ।
पर्साको छिपरमाई गाउँपालिकामा धनुषा सिडिओ अफिसबाट सर्वजीत कुमार झालाई पठाइएको छ भने सप्तरीको अग्नीसाइर कुष्णसवरन गाउँपालिकामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट सरोज कुमार कर्णलाई पठाइएको छ । महोत्तरीको बर्दिवास इलाका प्रशासन कार्यालयमा रहेका माधवराज न्यौपानेलाई धनुषाको वटेश्वर गाउँपालिका पठाइएको छ ।
विस्तृत विवरण




