काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल झापाको बुद्धशान्ति नगरपालिका वडा नं ४ का भूमिहीन नागरिकका बस्तीमा पुगेकी छन् ।
भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या र गुनासा सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराइन् ।
मन्त्री रावलको सचिवालयले दिएको जानकारी अनुसार उनले भूमिहीन नागरिकका समस्या छिटो समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३ १३:५८
प्रतिक्रिया दिनुहोस्



