धनुषाधाम नगरपालिकाको मुसहर बस्तीमा पुगिन् सामान्य प्रशानमन्त्री रावल, के भयो कुराकानी ?

 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल धनुषाधाम नगरपालिका वडा नं १ र २ का मुसहर बस्तीमै पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन् ।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या र गुनासा सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराइन् ।

मन्त्री रावलको सचिवालयले दिएको जानकारी अनुसार उनले भूमिहीन नागरिकका समस्या छिटो समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update