काठमाडौँ । सरकारले ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा राखेकोमा नेपाली कांग्रेस विरोधमा उत्रिएको छ । कांग्रेस काठमाडौँ महानगर समितिले विरोध प्रदर्शन गर्ने भएको हो ।
काठमाडौँ महानगर समितिका सभापति सुसन बैद्यले सरकारको सो निर्णय विरुद्ध आज ३ बजे विरोध कार्यक्रम राखिएको जानकारी दिए । सो विरोध कार्यक्रम असन डबलीमा दिउसो ३ बजे राखिएको छ ।
सरकारले केही दिन अघि मात्रै नेवारका केही जातिलाई पनि दलित सूचीमा समावेश गर्ने निर्णय गरेको सार्वजनिक भएको थियो । कांग्रेसले सरकारको सो निर्णयको संस्थागत रुपमा विरोध जनाउन लागेको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३ १०:१२
प्रतिक्रिया दिनुहोस्




