आजको राशिफल : वृश्चिकलाई नयाँ जिम्मेवारी आउन सक्ने, कर्कटको पुराना समस्या समाधान हुने

आज मिति २०८३ साल मंसिर १३ गते आइतबार, तदनुसार २९ नाेभेम्बर, २०२६ । आज मंसिर कृष्णपक्ष पञ्चमी थिति । 

मेष– आफ्नो अडानभन्दा परिस्थितिको आवश्यकता बुझेर अगाडि बढ्नु उचित हुनेछ। काममा अलमल हुन सक्ने भएकाले नहतारिई सुझबुझका साथ काम गर्नुहोला। नयाँ व्यक्तिसँगको भेटले काम गर्ने सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। 

वृष– समय अनुकूल बन्दै जानेछ र विभिन्न माध्यमबाट सहयोग मिल्नेछ। सीप र अनुभवको उचित प्रयोगले व्यावसायिक पहिचान बलियो बन्नेछ। बचतको रकम अन्यत्र खर्च हुने सम्भावना रहेकाले सचेत रहनुहोला। 

मिथुन– प्रतियोगिता वा सार्वजनिक प्रस्तुतिमा सहभागी हुने उत्साह बढ्नेछ। कसैलाई तपाईंको सल्लाह र सुझावको आवश्यकता पर्न सक्छ। बोलेका कुराभन्दा गरेका कामले तपाईंको छवि अझ स्पष्ट पार्नेछन्। 

कर्कट– पुराना समस्याहरूको समाधान हुँदै जानेछ र व्यक्तिगत काममा समय दिन पाउँदा मन खुसी रहनेछ। घरको कुनै सदस्यलाई तपाईंको साथ र सल्लाह आवश्यक पर्न सक्छ। आम्दानीको स्रोतबारे व्यावहारिक मूल्यांकन गर्नुहोला। 

सिंह– आफ्नो प्रतिभा सार्वजनिक गर्ने अवसर जुट्न सक्छ। कामको व्यस्तता बढे पनि समयसन्दर्भ विचारेर कदम चाल्नुहोला। विलासिताका वस्तुमा आकर्षण बढ्ने भएकाले खर्च गर्दा विशेष ध्यान दिनुहोस्।

कन्या– कार्यालय वा सरकारी निकायसँग सम्बन्धित काममा धैर्य आवश्यक देखिन्छ। कुनै कार्यक्रममा सहभागिता जनाउनुपर्ने हुन सक्छ र सोचेअनुसार काम बन्दै जानेछन्। पारिवारिक पुराना विषयलाई शान्त भएर सुल्झाउनुहोला।

तुला– मनमा भएको बोझ हट्नेछ र प्रियजनसँग भेटघाट गर्ने मौका जुट्नेछ। आफ्नो रुचिको काम तथा कला, पहिरन वा सजावटसम्बन्धी क्षेत्रमा नयाँ प्रयोग गर्ने चाहना जाग्नेछ। प्रेम सम्बन्धमा साना कुरालाई लिएर शङ्का नगर्नुहोला। 

वृश्चिक– नयाँ कामको जिम्मेवारी आइलाग्न सक्छ। गोप्य राख्नुपर्ने जानकारी सुरक्षित राख्नुहोला र व्यापारमा उधारो कारोबार गर्दा स्पष्ट सर्त तय गर्नुहोला। अनावश्यक विवाद वा असम्बद्ध कुराबाट टाढै रहनु उचित हुनेछ।

धनु– भाषा, दर्शन र धार्मिक अध्ययनमा रुचि गहिरिनेछ। नगरी नहुने काममा जोड दिनुपर्नेछ भने शारीरिक थकान महसुस हुन सक्छ। अरूलाई सहयोग गर्दा आफ्नो सामर्थ्यको पनि ख्याल राख्नुहोला। 

मकर– मन चंगा रहनेछ र जुनसुकै काम पनि सहज लाग्नेछ। आर्थिक दायित्व पूरा गर्ने विषय प्राथमिकतामा रहनेछ। कामको सिलसिलामा फरक पृष्ठभूमिका व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ।

कुम्भ– विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ र क्रमशः सबै कुरा मिल्दै जानेछन्। प्रविधि वा सञ्चारमाध्यमसँग सम्बन्धित नयाँ कुरा सिक्न मन लाग्नेछ। सार्वजनिक स्थानमा बोल्दा शब्दको प्रभावबारे सचेत रहनुहोला।

मीन– घरको वातावरणमा सानो परिवर्तनले पनि ताजगी ल्याउनेछ। कुनै नयाँ काम आइलाग्न सक्छ। पुरानो मित्रसँगको संवादले मन रमाउनेछ, यद्यपि पानी र आराममा पर्याप्त ध्यान दिनुहोला। 

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update