पिण्डेश्वर बाबाधाममा बोलबम मेलाको तयारी तीव्र, वडाध्यक्ष भट्टराई भन्छन्– यस वर्ष विशेष छ
बिहीबार, असार ३२, २०८३
प्रत्येक वर्ष साउन महिनामा धरान उपनगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेलाको तयारी तीव्र पारिएको छ ।
महिला उद्यमी महासङ्घका प्रतिनिधिसँगकाे छलफलमा प्रधानमन्त्री शाह
बिहीबार, असार ३२, २०८३
छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी छन् ।
व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बेनी नगरपालिकाको अनुदान
बिहीबार, असार ३२, २०८३
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक तरकारीखेती र पशुपालन गरेका किसानलाई २५ लाखभन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रममार्फत एक सय १६ जना किसानलाई २५ लाख ६९ हजार नौ सय ८३ अनुदान वितरण गरेको हो ।
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
बिहीबार, असार ३२, २०८३
बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार...
जैमिनी नगरपालिकाले जग्गा र घर, दिएपछि सुकुम्बासी समस्या समाधान
बिहीबार, असार ३२, २०८३
बागलुङको जैमिनी नगरपालिकाले सुकुम्बासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्वासी समस्या समाधान भएको छ । नगरपालिकाले पहिचान भएका १८ सुकुम्बासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपुर्जा हस्तान्तरण गरेको छ ।
इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश
बिहीबार, असार ३२, २०८३
इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फुटबलको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो ।
‘ध्रुवे’ लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
बिहीबार, असार ३२, २०८३
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’ लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो ।
पुनर्वास नगरपालिकाले सशस्त्रलाई दियो विपद उद्धार सामग्री, किसानलाई मल आयात सहज गरिदिन आग्रह
बुधबार, असार ३१, २०८३
कार्यक्रमका पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले सर्वसाधारणले दैनिक उपभोगका सामान्य घरायसी सामान भारतबाट ल्याउँदा सहज वातावरण बनाउन आग्रह गरे ।
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
बुधबार, असार ३१, २०८३
मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो । चालु आर्थिक वर्षमा घरपझोङ चक्रपथसँगै ठिनी खोलाको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
अझै अस्थायी शिविरमा बस्न बाध्य हुप्सेकोटका पहिरोका विस्थापित
बुधबार, असार ३१, २०८३
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य छन् । विसं २०७८ असार २४ गतेको भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिए पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन ।
बागलुङमा सिँचाइ सुविधा विस्तार, एक वर्षमा १०७ वटा सिँचाइ योजना सम्पन्न
बुधबार, असार ३१, २०८३
बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् । ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत ११४ सिँचाइ योजनामध्ये १०७ वटा सम्पन्न भएका छन् । सिँचाइ कुलो र नदी नियन्त्रणका लागि...
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
बुधबार, असार ३१, २०८३
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक) मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ ।


