चीन गएको रास्वपा सांसदको टोली फर्कियो, चीनमा के–के गर्‍यो ?

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुको टोली चीनको भ्रमण सकेर स्वदेश फर्किएको छ । 

रास्वपा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको टोली चीनको ११ दिन लामो भ्रमण सकेर बिहीबान नेपाल फर्किएको हो । 

चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) को निमन्त्रणामा रास्वपा सांसदको टोलीले नोभेम्बर १५ देखि २६ सम्म चीनको छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको थियो ।

सो क्रममा टोलीले सीपीसीको उच्चस्तरीय टोलीसँग छलफल गरेको थियो । जसमा दुई दलबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । 

सो क्रममा रास्वपा सांसदको टोलीले चीनका विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदास्थलको अवलोकन समेत गरेको थियो ।

योसँगै भूकम्पपछिको पुनर्निर्माण, विपद् व्यवस्थापन, नेपाली उत्पादनको चिनियाँ बजारमा पहुँच र नेपालमा लगानीका सम्भावनाबारे समेत छलफल भएको रास्वपाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update