आज देशभरको मौसम सामान्यतः सफा रहने

काठमाडौं । आज देशका केही स्थानमा आंशिक बादल लागेपनि अधिकांश स्थानको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव  छैन । देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने तराई भू–भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

भरेराति पनि कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू–भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update