साउदीस्थित तेल प्रशोधन केन्द्रमा हुथीको आक्रमण, एक नेपालीको मृत्यु

काठमाडौं । यमनका हुथी विद्रोहीले साउदी अरबस्थित तेल प्रशोधन केन्द्रमा हमला गर्दा एक नेपालीको मृत्यु भएको छ । 

इरान समर्थित हुथीले साउदी अरबका तेल प्रशोधन केन्द्र तथा रणनीतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेका हुन् । साउदी अरबले हुथीविरुद्ध हमला तीव्र पारेसँगै दुई देशबीच तनाव बढेको हो । 

हुथी विद्रोहीले साउदी अरबको दक्षिणपश्चिमी जाजान क्षेत्रमा रहेको एक तेल प्रशोधन केन्द्रमा प्रक्षेप्यास्त्र आक्रमण गरेका हुन् । जुन आक्रमणमा एक नेपालीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको बताइएको छ । 

आक्रमणपछि प्रशोधन केन्द्रमा आगलागी भएका कारण तेल उत्पादन समेत रोकिएको छ । 

बुधबार पनि हुथी विद्रोहीले साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र रास तनुरालाई लक्षित गरी आक्रमण भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update