काठमाडौँ । सर्वाेच्च अदालतका कर्मचारीले कार्यालयमा रहँदा तोकिएको पोशाक र परिचयपत्र अनिवार्य रुपमा लगाउनु पर्ने भएको छ ।
सर्वाेच्च प्रशासनले सुचना टास गरी तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने भनेको हो ।
सर्वोच्च अदालतको प्रशासन शाखाले निजामती सेवा नियमावली तथा प्रचलित व्यवस्थाअनुसार कार्यालयमा कार्यरत कर्मचारीलाई निर्धारित पोशाक र परिचयपत्र प्रयोग गर्न आग्रह गरेको हो।
सूचनामा नेपाल सरकारले निजामती कर्मचारीका लागि पोशाकसम्बन्धी व्यवस्था गरेको उल्लेख गर्दै न्यायपालिकामा कार्यरत कर्मचारीले पनि कार्यालयमा रहँदा तोकिएको पोशाक लगाउनुपर्नेमा जोड दिइएको छ।
अदालतको प्रशासन शाखाले कर्मचारीलाई कार्यालयमा उपस्थित हुँदा निर्धारित पोशाक लगाउन, शुक्रबारसमेत कार्यालयमा मर्यादित पोशाकमा उपस्थित हुन तथा कार्यालयमा रहँदा सबैले आफ्नो परिचयपत्र लगाउन भनेको छ ।
सूचनामार्फत कर्मचारीले पोशाक र परिचयपत्र प्रयोग गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ। सर्वाेच्चमा कार्यरत करारका कर्मचारीले पनि अनिवार्य रुपमा पोशाक लगाउनु पर्ने भनिएको छ ।
सर्वोच्च अदालत प्रशासन शाखाले जारी गरेको सूचनामा कार्यालयमा अनुशासन, मर्यादा र कर्मचारीको पहिचानलाई व्यवस्थित बनाउन पोशाक तथा परिचयपत्र प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।




