पेशावरमा स्कुलको छत खस्दा ३४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पेशावरमा एक स्कुलको छत खस्दा ३३ जना बालबालिकासहित ३४ जनाको मृत्यु भएको छ ।

बीबीसी उर्दूका अनुसार लेडी रिडिंग अस्पतालले ३३ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने नसीरुल्लाह खान बाबर अस्पतालले एक जनाको मृत्यु भएको जनाएको छ । 

लेडी रिडिंगको तथ्यांक अनुसार अस्पतालमा ३३ जनाको शब लगिएको छ । जसमध्ये एक २५ वर्षीया शिक्षिका समेत रहेकी छन् । अस्पतालमा ल्याइएका बच्चाको उमेर ६ वर्षदेखि १४ वर्षबीचको रहेको छ । 

लेडी रिडिङ अस्पतालमा ल्याइएकामध्ये १७ जनालाई उपचारपछि घर फर्काइएको छ भने एक शिक्षक र तीन जना विद्यार्थीको अझै उपचार भइरहेको छ ।

नसीरुल्लाह खान बाबर मेमोरियल अस्पतालका अनुसार त्यहाँ उपचारका लागि ३३ जना बालबालिकालाई उपचारका लागि ल्याइएको थियो । त्यसमध्ये एक जनाको मृत्यु भएको छ । 

यो घटनाको अनुसन्धानका लागि एउटा कमिटी समेत बनाईको छ । जुन समितिले घटनाबारे अनुसन्धान गरी रिपोर्ट पेश गर्नेछ ।

पेशावरका वरिष्ठ प्रहरी अधिकारीका अनुसार स्कुलको छतमा एकैपटक धेरै विद्यार्थी गएपछि भार थाम्न नसकेर ढलेको थियो । प्रहरी अधिकारी फरहान अहमदका अनुसार विद्यालयको भवनको छत असाध्यै जर्जर अवस्थामा थियो ।

सो विद्यालयमा करिब ३ सय विद्यार्थीहरु अध्ययनरत थिए । घटनाको समयमा कक्षामा १ सय विद्यार्थीहरु रहेको अनुमान गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update