आज यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना

काठमाडाैं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल, लुम्बिनी प्रदेश लगातय बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मख्यतया सफा रहने छ। 

देशको हिमाली भू-भागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । 

आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल र  पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।

तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा तथा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update