हुम्ला पुगेर हर्क साम्पाङको बाचा– तुइनबाट नदी तर्ने बाध्यता अन्त्य गर्छौं

हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । 

झोलुंगे पुल निर्माणको सिलसिलामा हुम्ला पुगेका उनी सर्केगाड र अदानचुली गाउँपालिकामा आयोजित कार्यक्रममा समेत सहभागी भए ।

उनी सर्केगाड गाउँपालिका–२ खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि हुम्ला पुगेको बताइएको छ । 

उनले त्यहाँका नागरिकले जोखिमपूर्ण रुपमा तुइनबाट नदी तर्नुपर्ने बाध्यताका समाचार बाहिर आएपछि झोलुंगे पुल निर्माणको प्रतिबद्धता जनाएका छन् । 

झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थाबाट काम अघि बढ्ने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update