एनपीएलमा आज चितवन र विराटनगर तथा जनकपुर र कर्णाली भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज तथा दिउँसो साढे ४ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

वेस्ट इन्डिजका विस्फोटक ब्याटर आन्द्रे रसेललाई भित्र्याएको विराटनगर चितवनलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ भने चितवन पनि विराटनगरलाई हराएर २ अंक जोड्ने लक्ष्यमा हुनेछ । 

यसैगरी पहिलो संस्करणको विजेता जनकपुर अघिल्लो सिजनमा गरेको खराब प्रदर्शनबाट पाठ सिक्दै यसपटक उपाधिको लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ । 

एनपीएल अन्तर्गत सोमबार साँझ भएको उद्घाटन खेलमा अघिल्लो सिजनको विजेता लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update