नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदैछ । 

अभियानको दिउँसो साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उद्घाटन गर्ने नेकपाले जानकारी दिएको छ ।

उद्घाटन समारोहलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

संसदको चौथो ठूलो दल नेपाली कम्युनिस्ट पार्टी प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएको छ । नेकपाका नेताहरुले यसअघिदेखि नै दशैंलगत्तै आन्दोलनमा जाने बताएको थियो । 

नेकपाले यो अभियान सरकारलाई दबाब दिन र पार्टीलाई बलियो बनाउन सञ्चालन गर्न लागिएको जनाएको छ । अभियानबारे उद्घाटन समारोहमा विस्तृत जानकारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update