त्रियुगामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । स्कुटरको ठक्करबाट उदयपुरको त्रियुगा नगरपालिकामा एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

शनिबार साँझ त्रियुगा नगरपालिका–११ स्थित संगम टोलमा इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो ।  

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

दुर्घटना गराउने स्कुटर चालक त्रियुगा–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update