बाँके । लुम्बिनी प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था कार्यालय, बाँकेले प्राविधिक समस्या देखाउँदै स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण बन्द गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै वेबपेज सञ्चालन हुने पिएचपी प्रोग्रामिङ ल्याङ्ग्वेजमा समस्या देखिएका कारण डायनामिक वेबसाइटमार्फत सञ्चालन हुने सेवामा अवरोध आएको जानकारी दिएको हो।
कार्यालयका अनुसार प्राविधिक समस्याका कारण सवारी चालक अनुमतिपत्रको अनलाइन प्रणाली र राजस्व प्रणाली सञ्चालनमा कठिनाइ भएको छ। यसले कार्यालयबाट प्रवाह हुने स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण तथा पटके सेवाअन्तर्गतका अन्य सेवासमेत प्रभावित भएका छन्।
सम्बन्धित प्राविधिक समस्या समाधान नभएसम्म सेवाग्राहीलाई पर्न जाने असुविधाबारे जानकारी गराउन कार्यालयले सूचना प्रकाशित गरेको हो।
सूचना जारी गर्दा समस्या समाधान हुने निश्चित समय भने खुलाइएको छैन।



