रास्वपाले खुलायो महानगर–उपमहानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारको लागि आवेदन

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको लागि पार्टीको तर्फबाट महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णय गरेको छ ।

पार्टीको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आइतबार पार्टीका महामन्त्री एवं सो समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको पार्टीले जानकारी दिएको छ ।

सो बैठकले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट रूपरेखाका बहुआयामिक पक्षहरूमा बैठकले २ वटा निर्णय गरेको हो । पहिलो निर्णयमा उपसमितिहरु गठन गर्ने निर्णय भएको छ ।

निर्णय अनुसार स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटका लागि रास्वपाले ७ वटा उपसमिति गठन गरेको छ । 

यसरी गठन गरिएको एउटा उपसमिति क्यान्डिडेट क्लब हो । यसको संयोजक कविन्द्र बुर्लाकोटीलाई तोकिएको छ । यस्तै, प्रविधि उपसमिति गठन गरी यसको संयोजक सुशान्त वैदिकलाई तोकिएकहो छ । 

पार्टीले गुनासो समन्वय उपसमिति गठन गरेको छ । यसको संयोजक जनकसिंह धामी छन् भने समावेशिता तथा महिला सहभागिता उपसमिति गठन गरी डा. तोशिमा कार्कीलाई संयोजक तोकिएको छ । अर्काे उपसमिति क्षमता विकास समन्वय हो । यसको संयोजक टासी ल्हाजोम छन् । रास्वपाले व्यवस्थापन उपसमिति गठन गरी रहबर अन्सारीलाई संयोजक तोकेको छ ।

गठन गरिएको प्रचारप्रसार उपसमितिको संयोजक मिलन लिम्बू छन् ।

अर्काे निर्णय उम्मेदवारी आवेदन खुल्ला गर्ने सम्बन्धमा छ ।

‘महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ुक्यान्डिडेट क्लबुमार्फत आवेदन खुला गर्ने निर्णय गरियो,’ बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ११:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update