कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण आज

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ ।

दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहण गराउने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सभापति गगन थापाले शपथ गराउनेछन् । 

गत १८ देखि २३ असोजसम्म भएको १५औं महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो । 

सभापति थापाले भने ३१ असोजमा नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update