काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
एनपीएलको उद्घाटन आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । सो कार्यक्रममा प्रधानमन्त्री शाह समेत सहभागी हुने भएका हुन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता, नेपाल प्रिमियर लिग आजबाट सुरु हुँदै छ र यो केही वर्षमै एक ठूलो खेलकुद प्रतियोगितामा परिणत भएको छ । लिगमा सामेल हुने सबै अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यस सुन्दर कार्यक्रमको लागि सबै नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई शुभकामना । नेपाली क्रिकेट अमर रहोस् ।’
एनपीएलको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।



