Odapalika - The Fourth Estate - चौथो अंग
अर्थमन्त्रीले बजेट पढ्दा व्यस्त देखिएको प्रधानमन्त्रीको ‘फेसबुक भित्तो’ 

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश गरे । २ घन्टा १० मिनेट लामो बजेट वक्तव्यमा अर्थमन्त्रीले थुप्रै योजना र कार्यक्रम अघि सार्दै त्यसका लागि बजेट बिनियोजन गरे । 

बजेट सुन्न राप्रापाका २ संसादबाहेक प्रधानमन्त्री केपी ओलीसहित सत्ता र प्रतिपक्षका सबैजसो सांसद संसद बैठकमा उपस्थित थिए । 

अन्य नेता र सांसदसँगै प्रधानमन्त्री ओलीले पनि बजेट ध्यान दिएर सुने । तर प्रधानमन्त्रीको शरिर संसद भवनमा देखिए पनि उनका बिचार र सूचना भने उनको फेसबुक पेजमार्फत देशभर पुगिसकेको थियो । 

सामाजिक संजालमा सक्रिय प्रधानमन्त्रीले बजेट भाषण गलत्तै आफ्नो फेसबुक पेजमा सरकारले ल्याएका राम्रा र प्रभावकारी कार्यक्रमबारे प्रचार गरिरहे । 

जस्तो कि उनले  स्टार्टअप व्यवसायमा कर नलिइने विषयलाई आफ्नोे तस्वीरसँग जोडेर प्रचार गरिदिए । समाचार तयार पार्दासम्म उनले फेसवुक वालमा नयाँ पुस्ता, सूचना प्रविधि, शिक्षा, जलविद्युत, उद्यमशीलता जसता विषयलाई विशेष जोड दिएर प्रचार गरका छन् । 

उनको यो प्रयासपछि एमालेका अन्य नेताले पनि यही शैलीमा बजेट प्रचार थालेका छन् । तर यो मामलामा प्रधानमन्त्रीको निजी सचिवालय भने निकै अघि देखिएको छ । 

हेर्नुहोस् प्रधानमन्त्रीले प्रचार गरेका बजेटका व्यवस्था 

2-1748521729.jpg

1-1748521728.jpg

3-1748521726.jpg

4-1748521726.jpg

6-1748521725.jpg

5-1748521725.jpg

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update