Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहलाई ३ खर्ब २० अर्ब अनुदान, हेर्नुहोस् कुन पालिकाले कति पाए ? 

काठमाडौँ । सरकारले देशभरका ७५३ स्थानीय तहमा ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको छ । 

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको अन्तरसरकारी बित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्षका लागि ४ शीर्षकमा गरी यो रकम स्थानीय तहमा पठाइने भएको हो । 

स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड र गाउँपालिकामा १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ बजेट जाँदैछ ।

सातबटै प्रदेशका लागि भने सरकारले ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । 

सरकारले प्रदेश र स्थानीय तहका लागि समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान दिदै आएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update