Odapalika - The Fourth Estate - चौथो अंग
म्याग्दे गाउँपालिकामा व्यवसाय बन्द गर्ने बढे

म्याग्दी : तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ। आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरू वैकल्पिक पेशा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो।

पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा उद्योग व्यवसाय दर्ता २६ दशमलव ५४ प्रतिशतले घटेको र खारेज हुने दर एक सय सात प्रतिशतले बढेको छ। 

आव २०८१/८२ मा म्याग्दीमा ७० उद्योग र ८५ व्यवसाय दर्ता हुँदा ४२ उद्योग र ४८ वटा व्यावसायिक फर्म बन्द भएका कार्यालय प्रमुख अमृत कँडेलले बताए। आव २०८०र८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका थिए।

१४ उद्योग र २९ व्यावसायिक फर्म खारेज भएको आव २०७९/८० मा १०१ उद्योग र ११० वटा व्यावसायिक फर्म दर्ता भएका थिए। आव २०७७/७८ मा ७६२, आव २०७८/७९ मा ५७० र २०७९/८० मा ३१७ उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए। 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update