
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले २०८२ भदौ २० र २२ गतेको निर्णयअनुसार देशभरका वितरण केन्द्र, प्रदेश कार्यालय, महाशाखा र विभिन्न आयोजना कार्यालयमा कार्यरत कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार, उप–प्रबन्धक (तह ९) स्तरका अवधेश कुमार दुवे वीरगञ्ज वितरण केन्द्रबाट जनकपुर वितरण केन्द्रमा सरुवा भएका छन् ।
इन्द्रबहादुर जिसि. नुवाकोट वितरण केन्द्रबाट खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशप शाखामा सुरु भएको छ । उमेशप्रसाद यादव मलंगवा वितरण केन्द्रबाट सिन्धुली वितरण केन्द्रमा र चुटुन कुमार श्रीवास्तव महेन्द्रनगर वितरण केन्द्रबाट हेटौंडा वितरण केन्द्रमा सरुवा भएका छन् ।
सहायक प्रबन्धक (तह ८) र इन्जिनियर (तह ७) स्तरमा पनि उल्लेख्य सरुवा भएको छ ।
प्राधिकरणले उप–प्रबन्धकदेखि इन्जिनियर तहसम्मका प्राविधिक तथा प्रशासनिक जनशक्तिलाई विभिन्न प्रदेश तथा वितरण केन्द्रमा पुनःव्यवस्था गरेको छ । प्राधिकरणले यस कदमले आन्तरिक कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने बताएको छ ।